सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल भएको हो । छलफल संसदको अवरोध खुलाउने विषयमा केन्द्रित भएको बताइएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएगरेका प्रयासबारे जानकारी लिएका छन् । सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...