माओवादीले हजारौं मान्छे मारेका हत्याकाण्डको छानबिन हुनुपर्छ : जसपा



हाम्रो इकोनोमि

 

 

र हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने भनेको छ । जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताए । यादवले भने, ‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् । गौर हत्याकाण्डको छानबिन गर्ने भनेकै कारण सरकारबाट जसपा बाहिर नजाने समेत यादवले बताए । उनले यसबारेमा पार्टीको धारणा आजै पत्रकार सम्मेलनबाट सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...