भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौं नै फर्कियो
भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ । उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि १ः५३ मा काठमाडौं विमानस्थलमै ल्याण्ड भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।