बागमतीमा लम्पीस्किनले २ लाख पशुमा संक्रमण, ६ हजारको मृत्यु



हाम्रो इकोनोमि

 

पशुमा फैलिएको ‘लम्पीस्किन’ रोगको कारण बागमती प्रदेशमा ६ हजार २ सय ९१ पशुको मृत्यु भएको छ । गत वर्ष पुस अन्तिममा बागमती प्रदेशको मकवानपुरमा देखिएको यो संक्रमणले बागमतीको १३ जिल्लालाई प्रभावित पार्दै ६ हजार पशुको ज्यान लिएको हो । बागमतीमा भयावह रूपमा देखिएको यो विषाणुजन्य संक्रमणको कारण यो प्रदेशमा २ लाख ४ हजार ९ सय ८८ पशु संक्रमित भएका छन् । पोक्सभाईरेड समूहको कारपोक्स भाइरसबाट हुने विषाणुयुक्त संक्रमको कारण बागमतीमा पशुपालनको क्षेत्रमा करोडौँ रुपैयाँको क्षति भएको छ । मकवानपुरबाट संक्रमणको सुरुवात भएपनि लम्पीस्किनको संक्रमण दोलखामा सबैभन्दा धेरै देखिएको छ । दोलखामा ३३ हजार ६ सय २४ पशुमा लम्पीस्किनको संक्रमण पुष्टि भएको छ भने दोस्रो स्थानमा काभ्रेका यो रोगले पशुहरूलाई संक्रमित बनाएको छ ।

काभ्रेमा लम्पीस्किनबाट ३० हजार ७ सय ४३ पशु संक्रमित भएका छन् । लम्पीस्किनको कारण सबैभन्दा धेरै पशुको मृत्यु भने सिन्धुपाल्चोक जिल्लामा भएको छ । यहाँ यो रोगको कारण ८ सय ९६ पशुको मृत्यु भएको छ । लम्पीस्किनको महामारीको कारण संक्रमित रहेका मध्य ३ दशमलव १ प्रतिशत पशुको ज्यान गएको छ भने अहिले पनि १० दशमलव २७ प्रतिशतमा संक्रमण रहेको पाइएको छ । यो विषाणुले सबैभन्दा धेरै प्रभावित पारेको पशुमा गाई रहेको भन्दै बागमती प्रदेश सरकारले गाईलाई खोप दिने कार्य सुरु गरेको छ । हालसम्म १२ प्रतिशत गाईमा खोप दिने कार्य सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा पशुपालनमा सबैभन्दा महत्त्वपूर्ण क्षेत्र गाई र भैँसीले ओगटेको छ । यहाँ १० लाख ९९ हजार ५ सय ६० गाई तथा ८ लाख ९६ हजार २ सय १३ वटा भैँसी रहेको छ । गाई तथा भैँसीबाट प्रतिवर्ष ४ लाख ५५ हजार १ सय ४१ मेट्रिक टन दूध उत्पादन हुँदै आएकोमा लम्पीस्किनको कारण उत्पादनमा भारी गिरावट आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...