सुन तस्करीमा पार्टीका नेता दोषी देखिए कारबाही हुन्छ : माओवादी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने प्रष्ट्याएका छन् । प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री प्रतिबद्ध रहेको बताए । ‘तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानबिन र कारबाही हुन्छ’, उनले भने । निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी ठीक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानबिनको जिम्मेवारी सीआइबीलाई दिइएको सापकोटाले बताए । सुन प्रकरण, ललिता निवास प्रकरणलगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने उनको भनाइ छ । केन्द्रीय समिति बैठकमा सवै सदस्यले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दाबी गर्नुभयो ।

प्रवक्ता सापकोटाले भदौ १६ देखि सुरू हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताए । उनले भने, ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौं । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामूहिक रुपमा उत्तीर्ण हुन्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...