महाकालीमा बाढीले सतर्कता तह पार गर्‍यो



हाम्रो इकोनोमि

 

 

महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीले सतर्कता तह पार गरेपछि अहिले शारदा ब्यारेज ९वनबासा० पुलमा चार पाङ्ग्रे सवारी साधनलाई रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । अहिले बाढीको बहाव १ लाख ५० हजार क्युसेक मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । डडेलधुरा स्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह ९५।८० मी० पार गरेको भन्दै सचेत रहन अपिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...