रोल्पा बस दुर्घटना, चारजनाको मृत्यु, १८ जना घाइते



हाम्रो इकोनोमि

 

 

रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा माडी गाउँपालिका, ४ रोल्पाकी हस्ता डाँगी, सोही ठाउँका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर विक र माडी गाउँपालिका(२ रोल्पाका प्रकाश बाँठा छन् । बस रोल्पाको त्रिवेणी गाउँपालिका ७ टिला नजिक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दिउँसो १ बजे दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पठाइएको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ । स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको थियो । प्रहरीले सामान्य घाइते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...