उच्चस्तरीय छानबिन समितिको माग राख्दै राष्ट्रियसभा बैठकमा एमालेको अवरोध



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो । सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाइन् । यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताइन् । एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि हटेनन् । यता प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गर्दै आइरहेको छ । अवरोध हटाउन सभामुख देवराज घिमिरेले तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...