क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?



 

 

विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । ‘बिले गाइड’को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् । कति लाग्छ शुल्क? द क्लिफको ‘ब्रीज प्रवेश शुल्क’ ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । कसरी पुग्ने ? पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ । आफ्नो सवारीसाधनमा जाँदा डेढ घण्टामा सहजै पुगिन्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपुर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमीटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका