क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?



हाम्रो इकोनोमि

 

 

विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । ‘बिले गाइड’को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् । कति लाग्छ शुल्क? द क्लिफको ‘ब्रीज प्रवेश शुल्क’ ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । कसरी पुग्ने ? पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ । आफ्नो सवारीसाधनमा जाँदा डेढ घण्टामा सहजै पुगिन्छ । पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपुर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमीटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...