प्रचण्ड सरकारको निर्णय कार्यान्वयन गरेको हुँ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

पार्टीनिकट प्रवासी नेपालीको कार्यक्रममा भाग लिन बेलायत जानुअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् । नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन् । नेपालको भनाइ उद्धृत गर्दै नेकपा एसका एक नेताले भने यो विषयमा मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । २०६५ सालमा पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारी आवास विस्तार गर्ने नीतिगत निर्णय भएको रहेछ,मेरो पालमा त प्रचण्ड सरकारको गुरुयोजना कार्यान्वयन अघि बढाइएको हो ।

यसमा म कसरी दोषी हुन सक्छु, अनुसन्धान त गरे भइहाल्यो । प्रचण्ड नेतृत्वको सरकारले कुन मितिमा नीतिगत निर्णय भएको थियो भन्ने अहिलेसम्म बाहिर नआए पनि पूर्व प्रधानमन्त्री नेपालले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफूले कार्यान्वयनमा लगेको बताउँदै आएका छन् । यसैबीच माओवादी संसदीय दलको सोमवारको बैठकले ललिता निवास प्रकरणमा दोषी जो भए पनि नछाड्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...