बैंकहरूको नाफा ७० अर्ब, नबिल बैक पहिलो



हाम्रो इकोनोमि

 

 

आर्थिक मन्दी होस् वा कोरोनाकाल । जुनसुकै अवस्थामा पनि बैंकहरुले भने नाफा कमाइरहेका छन् । मुलुकका विभिन्न व्यवसाय आर्थिक मन्दीका कारण धराशायीमा छन् । कतिपय ठूलासाना व्यवसायी पलायन हुने अवस्थामा छन् । तर, बैंकहरुको नाफामा कुनै प्रभाव परेको छैन ।

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ । प्रतिशतका आधारमा धेरै नाफा बढ्नेमा पनि नबिल नै अगाडि रहेको छ । यसको नाफा अघिल्लो वर्षभन्दा अहिले ७६ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको नाफा झनै बढेको छ । यो वर्ष बैंकहरुले करिब २५ प्रतिशत अर्थात ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा कमाएका थिए । अहिले मर्जर तथा एक्विजिसनमा गएर ‘क’ वर्गका वाणिज्य बैंक २० वटामा झरेका छन् । मर्जर तथा एक्विजिसनमा गएका अधिकांश बैंकको नाफा बढेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंक नाफा कमाउनेमा अग्रस्थानमा छ । यसलाई ग्लोबल आईएमई बैंकले पछ्याएको छ । ग्लोबल आईएमईले पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई गाभेको थियो ।

चार वाणिज्य बैंक, १० विकास बैंक र ५ फाइनान्स कम्पनी गाभिएर ग्लोबल आईएमई बनेको हो । ग्लोबल आईएमईमा कमर्स एन्ड ट्रस्ट, जनता, लुम्बिनी र बैंक अफ काठमान्डू विलीन भएका हुन् । वाणिज्य बैंकहरुबीच मर्जरको लहर सुरु गर्ने बैंक नै ग्लोबल आईएमई हो । सबै न्दा बढी बैंक तथा वित्तीय संस्था आफूमा समाहित गरेको ग्लोबल आईएमई नाफाका आधारमा दोस्रो भएको छ । उसले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ । नाफाकै आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । यस बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षभन्दा साढे १४ प्रतिशतले बैंकको नाफा बढेको छ ।

४ अर्ब ६५ करोड नाफासहित चौथो स्थान एनआईसी एसिया बैंकले लिएको छ । २०७० सालमा एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेको थियो । पाँचौं स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । यस बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ । मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असारसम्ममा नेपालमा वाणिज्य बैंकको संख्या ३२ थियो । त्यसपछिको एक दशकमै मर्जर तथा एक्विजिसनका कारण वाणिज्य बैंकहरुको संख्या २० मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...