बैंकहरूको नाफा ७० अर्ब, नबिल बैक पहिलो



हाम्रो इकोनोमि

 

 

आर्थिक मन्दी होस् वा कोरोनाकाल । जुनसुकै अवस्थामा पनि बैंकहरुले भने नाफा कमाइरहेका छन् । मुलुकका विभिन्न व्यवसाय आर्थिक मन्दीका कारण धराशायीमा छन् । कतिपय ठूलासाना व्यवसायी पलायन हुने अवस्थामा छन् । तर, बैंकहरुको नाफामा कुनै प्रभाव परेको छैन ।

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ । प्रतिशतका आधारमा धेरै नाफा बढ्नेमा पनि नबिल नै अगाडि रहेको छ । यसको नाफा अघिल्लो वर्षभन्दा अहिले ७६ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको नाफा झनै बढेको छ । यो वर्ष बैंकहरुले करिब २५ प्रतिशत अर्थात ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा कमाएका थिए । अहिले मर्जर तथा एक्विजिसनमा गएर ‘क’ वर्गका वाणिज्य बैंक २० वटामा झरेका छन् । मर्जर तथा एक्विजिसनमा गएका अधिकांश बैंकको नाफा बढेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंक नाफा कमाउनेमा अग्रस्थानमा छ । यसलाई ग्लोबल आईएमई बैंकले पछ्याएको छ । ग्लोबल आईएमईले पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई गाभेको थियो ।

चार वाणिज्य बैंक, १० विकास बैंक र ५ फाइनान्स कम्पनी गाभिएर ग्लोबल आईएमई बनेको हो । ग्लोबल आईएमईमा कमर्स एन्ड ट्रस्ट, जनता, लुम्बिनी र बैंक अफ काठमान्डू विलीन भएका हुन् । वाणिज्य बैंकहरुबीच मर्जरको लहर सुरु गर्ने बैंक नै ग्लोबल आईएमई हो । सबै न्दा बढी बैंक तथा वित्तीय संस्था आफूमा समाहित गरेको ग्लोबल आईएमई नाफाका आधारमा दोस्रो भएको छ । उसले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ । नाफाकै आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । यस बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षभन्दा साढे १४ प्रतिशतले बैंकको नाफा बढेको छ ।

४ अर्ब ६५ करोड नाफासहित चौथो स्थान एनआईसी एसिया बैंकले लिएको छ । २०७० सालमा एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर एनआईसी एसिया बैंक बनेको थियो । पाँचौं स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ । यस बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ । मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मिलेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असारसम्ममा नेपालमा वाणिज्य बैंकको संख्या ३२ थियो । त्यसपछिको एक दशकमै मर्जर तथा एक्विजिसनका कारण वाणिज्य बैंकहरुको संख्या २० मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...