पार्टीमा उमंग छैन, कार्यकर्ता एमालेमा जान थाले : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो उनले गरेका हुन् । शनिबारबाट सुरु पार्टी स्थायी कमिटी बैठकमा खनालले पेश गरेको ‘वर्तमान परिस्थितिमा ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु’ शीर्षक दस्तावेजमा यी लगायत समस्या उठाइएको छ । ‘विद्रोह गर्दा हामीसँग जुन जनमत थियो, त्यो खुम्चिएको छ, उपचुनाव हुँदा हाम्रो पार्टीले उम्मेदवारसम्म उठाउन सकेन,’ खनालले लेखेका छन्, ‘युवा विद्यार्थी दिशाहीन छन् । कार्यकर्तामा पलायन, पदलोलुपता र हताश छ ।’

नेकपा एसका सांसदले सदनमा बोलेको नसुनिएको, मुख्य प्रतिद्वन्द्वीसँगै समाजवादी मोर्चालगायत गठबन्धन गरेर जाने प्रवृत्ति भएको, कार्यशैलीमा एमाले र जबजकै धङधङी रहेको खनालको आरोप छ ।पार्टीले प्रधानशत्रुको तुरुन्तै किटान गर्नुपर्ने उनको माग छ । पार्टी फुटेपछिको दुई वर्ष बित्दासम्म विद्रोहको औचित्य पुष्टि गर्न किन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनी भन्छन् । ‘हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो, कार्यकर्तामा बरु एमालेतिरै जाने चिन्तन विकास भयो,’ खनालको डकुमेन्टमा भनिएको छ, ‘चुनाव वर्गसंघर्षकै अभियान हो, तर हाम्रो पार्टीले चुनावलाई वर्गसंघर्षको रुपमा देखेन ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...