पहिचानवादीले एमालेविरुद्ध आन्दोलन गरे : सुवास नेम्वाङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कोशीमा पहिचानवादी भनेर आन्दोलन गर्नेहरूको उद्देश्य किरात राज्य स्थापना गर्ने नभएर एमालेमाथि आक्रमण गर्ने रहेकाले उनीहरू सफल हुन नसकेको बताएका छन् । एमालेसम्बद्ध किरात समुदायका अगुवा नेता कार्यकर्ताहरूको शनिवार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेम्वाङले कोशीमा एमाले सरकार ढलिसकेको भन्दै पहिचानवादीहरूको उद्देश्य किरात प्रदेश नामकरण हो भने अब कांग्रेस र माओवादीलाई नाम फेर्ने प्रस्ताव दर्ता गराउनु पर्ने बताए । नेम्वाङले भने उहाँहरूको आन्दोलन पहिचानका लागि हो भने अब कांग्रेस माओवादीहरूलाई भनेर प्रदेशको नाम परिवर्तनको प्रस्ताव राखे भयो नि त । एमालेले त्यसबेला के गर्छ हेरे भयो नि त । तर उहाँहरूको उद्देश्य पहिचान होइन एमालेमाथि आक्रमण गर्ने हो ।

पूर्व सभामुख नेम्वाङले पहिचानवादी भन्नेहरूले छानिछानी एमालेका नेता कार्यकर्तामाथि बाटो ढुकेर आक्रमण गरेको भन्दै इलाममा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्केर हत्या गर्न खोजेको आरोप लगाए । नेम्वाङले पहिचानवादीहरूलाई चुनाव जितेर किरात प्रदेश नामकरण गर्न चुनौती समेत दिए । कार्यक्रममा कोशीका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले कोशीका पहिचानवादीको आन्दोलन पहिचानका लागि नभएर एमालेको विरोधको राजनीतिमात्र भएको दाबी गरे । कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,सांसद मानवीर राई,उषाकला राईलगायतले विभिन्न स’झाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...