रास्वपाले रङ परिवर्तन गरेर चलाएको एम्बुलेन्स फिर्ता गर्‍यो



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैरकानुनीरूपमा रङ परिवर्तन गरेर चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर गत साउन १७ गते देखि ‘मोबाइल क्लिनिक’ सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो ।

रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो । रास्वपाको झण्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर मोबाइल क्लिनिक नाम दिइएको थियो । उक्त एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न भन्दै वर्कसपमा पठाइएको समेत बुझिएको छ । उक्त एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि चितवनको कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको ना २ ख ५६१९ नम्बरको सेतो रंगको एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...