यी हुन् अहिलेसम्म एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

शनिवार चौताराबाट नेकपा एसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य ठूलो टिमसहित एमालेमा फर्किए । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट फेरि एमालेमै फर्किने केन्द्रीय सदस्यहरूको सूचीमा उनी ३० औँ नम्बरमा परेका छन् ।

यसअघि नै नेकपा एसका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । यो संख्या बढ्ने क्रममा रहेको नेताहरू बताउँछन् । नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवादमात्र होइन वैचारिक विवाद समेत चर्किएको छ । झलनाथ खनालले वैचारिक रूपमै विमति राखेर सचिवालय बैठकमा घण्टौँ बोलेका छन् ।

केही नेता सार्वजनिक रूपमै निष्क्रिय बसेका छन् भने केहीले एमालेसँग सामूहिकरुपमै फर्किनका लागि वार्ता चलाइरहेका छन् । विभाजित भएर बनेको दल ५ वर्षसम्म पुनः कानूनी रूपमा विभाजन हुन नमिल्ने भएका कारण मात्र सांसद समेत रहेका नेताहरू बाध्यात्मक अवस्थामा छन् । नेकपा एस किन पार्टीको आकार नलिँदै विघटनतर्फ गइरहेको छ रु गठबन्धनको सहारामा सीट लिएर चुनाव लड्दासमेत थ्रेस होल्ड कटाउन नसकेको दल अब एमालेमै फर्किने कि माओवादीतिर जाने भन्ने दोधारमा पुगेको छ ।

 

कोको फर्किए एमालेमा ?

मुकुन्द न्यौपाने, वरिष्ठ नेता

केदार न्यौपाने, उपाध्यक्ष

भागवत विश्वासी, सचिव

 

केन्द्रीय सदस्य\तत्कालीन सांसद

तारा लामा तामाङ, एमालेमा फर्किएर सांसद कन्चनपुर १

प्रेम महर्जन, एमालेमा फर्किएर सांसद, ललितपुर २

मिठाराम केसी

डिल्ली उप्रेती

अशोक यादव

उषा गुरुङ

बालकृष्ण चापागाई

चुडामणी जंगली

तर्कबहादुर शाही

धनबहादुर रायमाझी

यदुवंश झा

हिराचन्द्र केसी

विक्रम शाही

गणेश खनाल

देविलाल थापा

सरोज कुमार यादव

शारदा स्वर्णकार

बिना बुढाथोकी

चन्द्रलाल बुढा

कुलबीर चौधरी

अशोक चन्द

सुवास कर्माचार्य

दलबहादुर सुनार

कुर्मराज शाही

रिता रावल

सुन्दर विश्वकर्मा (केस,जिल्ला अध्यक्ष)

नन्दसिंह बुढा (केस,जिल्ला अध्यक्ष)

 

जिल्ला अध्यक्षहरु

श्रीधर पोखरेल, मकवानपुर

सुर्यचन्द्र न्यौपाने, मकवानपुर

हरि प्रसाद शर्मा, रुकुम पश्चिम

सुरमणी बेलबासे, दाङ

श्रीराम कार्की, तनहुँ

नरेश भण्डारी, गुल्मी

रमेश बस्नेत, रामेछाप

बिष्णु देवकोटा, रसुवा

सुन्दर विश्वकर्मा, बारा

नन्दसिंह बुढा, डोल्पा

हिरण्ड भट्टराई, अछाम

गगन रावल, अछाम

आदिप्रसाद न्यौपाने, जुम्ला

भोलानाथ पोखरेल, उपत्यका विशेष पेशागत जिल्ला कमिटी

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...