दोलखामा पहिरो जाँदा एक बालकको मृत्यु, तीन जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गएराति पहिरो गएको हो । गएरातिदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुऱ्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिएका छन् ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर-७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले जानकारी दिए । सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...