सुन तस्करी प्रकरण छानबिनको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच भएको गोप्य छलफलमा प्रधानमन्त्रीले छानबिनका लागि सीआईबीलाई जिम्मा दिन निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्री, आइजीपी लगाएतले पनि तस्करीको छानबिनको जिम्मा सीआईबीलाई नै दिनुपर्ने धारणा राखेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डले तस्करीमा जो कोही भएपनि नछोड्न सम्बद्व निकायलाई निर्देशन दिएका पनि स्रोतले जानकारी दिएको छ । उनले माओवादीकै नेता भएपनि नछोड्न निर्देशन दिँदै यसमा सरकारको पूर्ण समर्थन रहने प्रतिवद्वता व्यक्त गरेका हुन् । ‘यो अपराधमा प्रमाणले ज–जसलाई देखाउँछ, माओवादीका नेता वा अरु को–को पर्छ, अघि बढ्नुस् । सरकारबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्रीको निर्देशनसँगै अबको केही दिनमा यो प्रकरणको छानबिनको जिम्मा सीआईबीलाई दिने तयारी भइरहेको छ । हालसम्म राजस्व अनुसन्धान विभागले यस प्रकरणको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...