शाखा अधिकृत थुनेर तत्कालीन प्रधानमन्त्रीलाई नछोएकोमा शेखरको आपत्ति



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशंका गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।

कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन । ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्नेबेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई थिए । डा. कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुनेवाला रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...