कोशीमा सभामुखलाई राजीनामा गराउने देउवा-प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् । सभामुख गौतमलाई राजीनामा गराउन दलहरूले गौतमलाई तीव्र दबाब दिइरहेको बताइएको छ । तर, गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरिरहेका छन् । यदि माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।

त्यसो त आज बिहान यस विषयमा छलफल गर्न दलका शीर्ष नेताहरूले काठमाडौंमा छलफल पनि गरेका छन् । छलफलमा सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने उपयुक्त विकल्पका सम्बन्धमा सहमतिनजिक पुगे पनि सरकारको नेतृत्वका विषयमा नयाँ वहस सृजना भएको बताइएको छ । पहिले सभामुखलाई राजीनामा गराउने र त्यसपछि मात्रै सरकारको नेतृत्वका विषयमा छलफल अघि बढ्ने अडान नेपाली कांग्रेसले राखेको छ । कांग्रेसका एक नेताले भने, ‘अब पनि मुख्यमन्त्री बन्ने त नेपाली कांग्रेसबाटै हो । तर, उद्धव थापालाई नै अघि सार्ने कि अर्को व्यक्ति खोज्ने भन्नेमा वहस सृजना भएको छ ।’ अदालतले गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई पदमुक्त गरेपछि नयाँ सरकार बनाउन आह्वान भएको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पुर्‍याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ । यसअघि तटस्थ रहेका सभामुखको समेत समर्थन लिएर सरकार गठन गर्दा उद्धव थापाको सरकार २२ दिनमै ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...