मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित



हाम्रो इकोनोमि

 

 

मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकबाट विधेयक पुन: पारित भएको हो । विधेयक प्रतिनिधि सभाले संसोधनसहित पारित गरी पुन राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुन: पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले निर्णायर्थ प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए ।अब विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा जानेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयक ऐनका रूपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...