गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा सुन तस्करी भएको छ : पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकको सुरूमै आकस्मिक समय लिएर बोल्दै गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा नै सुन तस्करी भएको बताउँदै सरकारले सत्ताको आडमा काण्ड मच्चाउन खोजेको धारणा राखे । ‘कर्मचारीहरूको सेटिङले मात्रै क्विन्टलका क्विन्टल सुन तस्करी भएको छैन । प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको संरक्षणमा भएको छ, उनले भने ।गिरीले यो प्रकरणमा उच्चस्तरीले छानबिन समिति गरेर जरा देखि टुप्पोसम्म पुगेर छानबिन गर्न माग गरे । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद अगाडि बढ्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...