कांग्रेस सांसद शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा



 

 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने बताए । प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ । गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र

अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय

    मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न

राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक