उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्धारा सदन अवरोध



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले सम्वोधन गरेका थिए । उनले कर्मचारीको सेटिङले मात्रै सुन तस्करी नभएको बताए । रेडी ट्रेडले ३३ पटक विभिन्न नाममा क्वन्टिलका क्वीन्टल सुन भित्र्याएको उनको दाबी थियो ।

गिरीले प्रश्न गरे, ‘यसरी भइरहेको सुन तस्करीलाई संरक्षण गर्ने काम गृहमन्त्रीले अर्थमन्त्रीले र प्रधानमन्त्रीले गर्नुभएको हो कि होइन रु’ गिरीले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरे । उनले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाए । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो । उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ रु’ उनले प्रश्न गरे । गिरीको सम्वोधनलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाइरहेका छन् । सभामुखले कांग्रेसका सुनील शर्मालाई बोल्न समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...