सरकारले देश लुट्न खोज्दैछ, अब चुप बस्न हुँदैन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन् । सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् ।
ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन सम्भव छैन । सरकारले देश लुटिरहेको छ । अब हामी चुप लागेर बस्नु हुँदैन ।’ सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै एमालेले सदनमा जवाफ माग्ने निर्णय पनि बैठकले गरेको छ । नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।