संसद भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन



हाम्रो इकोनोमि

 

लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। आज बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो।

प्रदर्शनकारीहरू  निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा केहीबेर धकेलाधकेल भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता डिएसपी अनिल अधिकारीका अनुसार केही प्रदर्शनकारीहरूलाई संसद भवनको तीन नम्बर गेटबाट पक्राउ गरिएको छ।

निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच एकछिन धकेलाधकेल भएपनि अहिले स्थिति सामान्य रहेको डिएसपी अधिकारीले बताए।  लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।

लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...