गृहमन्त्री श्रेष्ठविरूद्ध पार्टीभित्रै मोर्चाबन्दी



हाम्रो इकोनोमि

 

 

सत्तारूढ माओवादी पार्टीभित्र उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठविरूद्ध केही नेताहरूले मोर्चाबन्दी गरेका छन् । आफूलाई ओरिजिनल (हिंसात्मक) पृष्ठभूमिको ठान्ने माओवादीहरू युद्धको पृष्ठभूमिबाट श्रेष्ठ नआएको भन्दै उनका विरूद्ध पार्टीमा जनमत बनाउन जुटेका छन् ।

यसो भनिए पनि यस्तो मोर्चाबन्दीमा सबैजसो भ्रष्टाचारप्रेमी नेताहरू सामेल भएको पाइएको छ । जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, पम्फा भुसाल र शक्तिबहादुर बस्नेतलगायतले सुरु गरेको मोर्चामा नन्दकिशोर पुन, मातृका यादव, कृष्णबहादुर महरा आदि पनि संलग्न हुने अपेक्षा सम्बन्धित नेताहरूले राखेको बताइन्छ । यो गुटले नारायणकाजीलाई मन्त्रिमण्डलबाट हटाउन प्रचण्डमाथि अनेक किसिमले दबाब दिने योजना बनाएको जानकारीमा आएको छ ।

पार्टीबाहिरका ‘माओवादीहरू’ बाबुराम, हिसिला र उपेन्द्र यादवसमेतले पनि श्रेष्ठविरूद्ध वातावरण बनाइरहेको बुझिएको छ । यी सबैले कम्तिमा पनि नारायणकाजीलाई गृह मन्त्रालयको जिम्मेवारीबाट पन्छाउनुपर्ने धारणा बनाएका छन् । जनार्दनले यसनिम्ति शेरबहादुर देउवा र आरजु राणासँग पनि समन्वय गरेर काम गरिरहेका छन् ।

ज्ञातब्य छ, देउवादम्पती श्रेष्ठलाई गृहमन्त्रीको जिम्मेवारीबाट तत्काल पन्छाउन चाहन्छन् । र, प्रचण्डमाथि देउवा दम्पतीले पनि त्यत्तिकै दबाब दिइरहेका छन् । एक सूत्रबाट प्राप्त जानकारीअनुसार शेरबहादुर देउवाले डा. प्रकाशशरण महत या एनपी साउदलाई गृहमन्त्री बनाएर नारायणकाजी श्रेष्ठलाई परराष्ट्र या अर्थमन्त्री बनाउन प्रचण्डलाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...