प्रभु साहलाई पक्राउ गर्न ६ दलीय मोर्चाको माग



हाम्रो इकोनोमि

 

 

गौर नरसंहारलाई लिएर रौतहटका दलहरू विभाजित देखिएका छन् । गौर हत्याकाण्डपीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै साउन १ गते गौरमा प्रदर्शन गरेको थियो । उक्त समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । पीडित संघर्ष समितिका अध्यक्ष रुपसागर देवी हुन् । उनकै नेतृत्वमा १७ वर्षपछि पुनः आन्दोलन सुरु भएको छ । घटनाका दोषीहरूमाथि कारबाही गर्न समितिले साउन १६ गतेसम्मका लागि अल्टिमेटमसमेत दिएको छ । र, प्रशासनले कारबाही अगाडि नबढाए साउन १७ गतेदेखि रौतहट जिल्ला अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ ।

यो आन्दोलनमा रौतहटमा स्वतन्त्रबाट जितेका पूर्व माओवादी नेता तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको समर्थन छ । उनले पनि गौर हत्याकाण्डमा उपेन्द्र यादव नै मुख्य योजनाकार बताउँदै कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिकै कारण रौतहटमा अर्को काउण्टर आन्दोलन सुरू भएको छ । जसपाले प्रभु साहलाई नै गौर हत्याकाण्डमा दोषी दाबी गर्दै ६ दलीय मोर्चालाई आन्दोलनमा उतारेको हो । प्रभु साहविरुद्ध आन्दोलन गर्न पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । समितिमा जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, जसपा र माओवादी केन्द्रका प्रतिनिधि समेत छन् । समितिले आज गौरमा प्रभु साहविरुद्ध प्रदर्शन गरेको छ । विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा साहको संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउन समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...