नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचैमा काटियो : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

नेकपा एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डले भ्रष्टाचार वडा सदस्यको तहसम्म पुगिसकेको बताएका छन् ।समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो प्रधानमन्त्री र मन्त्रीहरुको तहमा हुन्थ्यो होला अहिले वडा सदस्यसम्म पुगिसकेको छ । वडाध्यक्षले योजना तोक्ने वडाध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडाध्यक्षको सालोले चाहिँ ५१ सय लिने यस्ता खालको घटना पनि सुरु भएको छन् ।’

भष्टाचार नियन्त्रणको अभियान नै चलाउनुपर्ने बताउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सदनमा पहिलोपटक आफूले उठाएको दाबी गरे । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको कुरा मैले नै सर्वप्रथम उठाएँ संसद्मा । त्यतिबेला प्रमुख प्रतिपक्ष दलका एकजना नेताले हाम्रो नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो। र, मैले अपराध गर्ने मान्छे सांसद मन्त्री प्रधानमन्त्री जो भए पनि कारबाही हुनुपर्छ भनेको थिएँ । यति ठूलो काण्डको बीचमै जरो काटिएको छ । त्यो छेउसम्म पुगेन । त्यो पुनः खोज्नुपर्‍यो । भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...