अब घर बनाउन दुई करोडसम्म ऋण पाइने



 

 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाएको छ । आज (आइतबार) चालु वर्षका लागि मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार आवासीय घर कर्जाको सीमा दुई करोड रुपैयाँ पुगेको छ । यसअघि, यस्तो कर्जाको सीमा एक करोड ५० लाख रुपैयाँ मात्रै थियो । यो ५० लाख रुपैयाँको वृद्धि हो । यस्तै, वित्तीय क्षेत्रको स्थायित्वलाई असर पु¥याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्ने नीति मौद्रिक नीतिले लिएको छ ।

यसका लागि विद्यमान बैङ्किङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । पारस्परिक मूल्याङ्कनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरू जारी गरिने छ । साथै, सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिनेछ । यस्तै, बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।

यसबाहेक, प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुनर्संरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपायको व्यवस्था समेत गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह