सुनको भाउ तोलामै ८०० घट्यो



हाम्रो इकोनोमि

 

 

बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ । बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो ।

शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ । चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो । नयाँ आर्थिक वर्ष सुरु भएयता लगातार बढिरहेको सुन चाँदीको मूल्यमा शुक्रबार ब्रेक लागेको हो । सरकारले यस आवबाट सुनका गहनामा विलासिता कर थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...