सुन तस्करीमा मेरो संलग्नता छैन : दिपक मलहोत्रा



हाम्रो इकोनोमि

 

 

एक क्वीन्टल सुन तस्करीमा आफ्नो नाम जोडिएपछि ब्यवसायी दिपक मलहोत्राले कडा आपत्ति जनाउनु भएको छ । मलहोत्राले आज पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन । उनले सुन तस्करीको मुख्य अभियुक्तिलाई जोगाउने गरी पत्रकार सम्मेलनमार्फत झुटो समाचार प्रकाशन गरेकोमा माफी नमागे कानूनी बाटो समात्ने बताए । उनले थपे ‘पारिवारिक, सामाजिक र ब्यापारिक ख्याती वा प्रतिष्ठालाई समाप्त पार्ने उदेश्यसहित यो समाचार प्रकाशित गरिएको छ ।

समाचारले मेरो स्वाभिमान र अन्तस्करणमा चोट पुर्याउने र मर्माहत बनाउने काम भएको छ । यसप्रति खेद प्रकट गर्नु नागरिकका रुपमा मेरो कर्तब्य ठान्दछु,’ मलहोत्राले बताए, ‘माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जान्छु ।’ उनले भने । ‘भन्सार जाँचपास भएर बाहिरिएको सुनमा मेरो तस्विर सहित समाचार प्रकाशित गरेको बिषयमा मेरो गम्भीरआपत्ति छ, यो बिषयमा मेरो कुनै संलग्नता नभएको र समाचार भ्रामक र कपोकल्पित रहेको प्रष्ट पार्न चाहन्छु ।’ मलहोत्राले तस्करीको बिषयमा आफूलाई मुछने काम आपराधिक मानसिकताको उपजका रुपमा ब्याख्या गरे ।

‘म र मेरो परिवारले ब्यक्तिगत रुपमा वा प्रत्यक्ष वा परोक्ष रुपमा अन्य ब्इक्तिलाई परिचालिन गरी कुनै पनि गैर कानूनी कारोवार गरेको छैन । प्रकाशित समाचारमा भनेजस्तै सुन आयात गर्न म संलग्न संस्थाबाट भुक्तानी पठाउने काम भएको छैन । मेरो कुनै संलग्नता छैन,’ मलहोत्राले भन्नुभयो, ‘पत्रिकामा नाम उल्लेख गरिएका कुनै पनि ब्यक्तिसँग मेरो सम्बन्ध वा कारोवार हुनु त परको कुरा, चिनजानसमेत छैन । तर प्रकाशित समाचारमा स्रोतको हवला दिँदै आफै कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन । यसबाट समाचार लेख्ने पत्रकार र प्रकाशन संस्थाको नियत राम्रो नभएको देखिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...