व्याजदर बढाउने प्रतिस्पर्धामा बैंक (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुनस् व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् । सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।

अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् । यता प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ ।

हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ । माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ । असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार केही बैंकहरूले साउनका लागि व्याजदर बढाएका छन् ।

 

हेर्नुस् कुन बैंकको कति ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...