भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै गरियो ल्याण्ड



हाम्रो इकोनोमि

 

 

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन एएनप कलसाइन भएको जहाज पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ । शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सोलगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सोबारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’ सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...