भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै गरियो ल्याण्ड



हाम्रो इकोनोमि

 

 

बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन एएनप कलसाइन भएको जहाज पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ । शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सोलगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सोबारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’ सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...