प्रधानमन्त्री प्रचण्डको राजीनामा नै एमालेको बटमलाईन



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ । बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको छ । ‘एमालेले राजीनामाभन्दा तल आउन नसकिने बताएको छ । माओवादी र कांग्रेसले पहिला प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न त दिनुस् भनेका छन्,’ बैठकमा सहभागी एक दलका प्रमुख सचेतकले भने,‘छलफल भइरहेको छ ।’

गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपाल राष्ट्रको सार्वभौमिकता र संसदको मानहानी गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले उनको राजीनामा मागेको छ । यही विषयमा एमालेले असार २० गतेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो। प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजै एमालेले राष्ट्रिय सभामा पनि यही विषयमा अवरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...