भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र : राजेन्द्र लिङ्देन



हाम्रो इकोनोमि

 

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठुला भनिएका सबै दलका शीर्ष नेताहरु भ्रष्टाचार लिप्त रहेको आरोप लगाएका छन् काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गरे ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चार गरेको बताए ।

उनको भनाइ जस्ताको तस्तैः 

अहिले भ्रष्टाचार बढेर गएको छ । वैदेशिक हस्तक्षेप बढेर गएको छ । तपाईंहरु ज्युदो साँची हुनुहुन्छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन् । भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ । हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन् । त्यो कुरा प्रमाणित भयो । कुनै दल चोखो छैनन् । ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु यकातिर ठुल्ठुला कुरा गरिरहेका छन् । हामीले सुरु गर्यौं भने। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...