जलहरी छानबिन गर्न एमाले तयार छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानबिन समिति बनाए राष्ट्रपतिलाई छानबिन समितिको संयोजक बनाउन प्रस्ताव गरेका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्वराष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्‌ने काम भएको भन्दै वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन् ।

यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उनले समितिमा सांसदहरू नभएर संसदको अभिन्न अंगको रूपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे । सरकारी तवरबाट निर्माण हुने कामहरूमा पहकदमी लिने र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्वराष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वाभाविक भएको बताए । केही विषयमा एमालेलाई नियोजित रूपमा मुछेर मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको छ’, भट्टराईको दाबी छ । त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारबाही गर्ने प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...