बैंक तथा वित्तिय संस्थामा ५५ खर्ब ७० अर्ब रकम, कर्जा प्रवाह शुन्य



हाम्रो इकोनोमि

 

 

बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा बैशाखमा १० अर्बले बढेर बैशाख मसान्तसम्म ५४ खर्ब ९५ अर्ब पुगेको थियो । जेठ यता मात्र ७५ अर्बले निक्षेप बढी सकेको छ । असार ९ गतेसम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप ५५ खर्ब ७० अर्ब पुगिसकेको छ । यद्यपि यो अवधिमा बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा भने लगभग शुन्यको अवस्थामा देखिएको छ ।

बरु बैशाख यता ३२ अर्बले कर्जा प्रवाह घटेको छ । चैत मसान्तसम्म ४८ खर्ब ८९ अर्ब रहेको कर्जा प्रवाह बैशाख मसान्तमा आइपुग्दा १० अर्बले कर्जा लगानी घटेर ४८ खर्ब ७९ अर्ब रहेको देखिन्छ । त्यसपछि असार ९ गतेसम्म आइपुग्दा कर्जा लगानी ४८ खर्ब ५७ अर्बमा सिमित रहेको केन्द्रिय बैंकको तथ्यांक छ । बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर उच्च लिएकै कारण कर्जा प्रवाहमा कमी आएको हो ।

उद्योगी व्यवसायीले बढी ब्याजदर तिरेर कर्जा लिन नसक्ने बताउँदै आएका थिए । यद्यपि पछिल्लो समय कर्जाको ब्याजदरमा समेत केही कमी आएको छ । अहिले बैंकिङ सिस्टममा अत्यधिक तरलता (लगानी योग्य रकम) हुँदा केन्द्रिय बैंकले दुई पटक बजारबाट तरलता तानिसकेको छ । पैसा बढी भएपछि बैकहरुले एक आपसमा गर्ने कारोबारको (अन्तर बैंक)ब्याजदर पनि ७ प्रतिशतबाट २.६५ प्रतिशतमा झरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...