नेकपा एमालेका अध्यक्ष ओली असार १५ गते चितवन जाने



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सबैलाई चितवन आउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले अब कृषिलाई निर्वाहमुखी नभइ कमाइको रूपमा अघि बढाउनु पर्ने उल्लेख गरेका छन् । ‘मानव जीवन र जीवीकाका लागि कृषि अनिर्वाय छ । तर अब कृषिलाई आधुनिकता, रोजगारी, उद्यमशिलता र कमाइको विषय पनि बनाउनु पदर्छ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसका लागि चितवनमा १५ गते विशेष कार्यक्रमको आयोजना भइरहेको छ । चितवनमा भेटौंला, म सबैलाई चितवन आउन हार्दिक आग्रह गर्दछु । १५ गते असार, धान दिवसको दिन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...