बालकृष्ण खाणलाई भेट्न जेलमा पुगे परराष्ट्रमन्त्री साउद



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगेका छन् । ।केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागार पुगेका थिए । उनीहरूबीच आधा घण्टाभन्दा बढी समय कुराकानी भएो स्रोतले बतायो ।

खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको थियो । खाण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष हुँदादेखि नै गहिरो सम्बन्ध छ । २०४६ सालको जनआन्दोलन ताका खाण नेविसँघ अध्यक्ष थिए । खाणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...