दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने टिप्पणी गरेका छन् । पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए ।

 

समाजवादी मोर्चाबारे उनको भनाइ जस्ताको तस्तै

चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र  डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं । हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला । मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं । त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन । अरु राजनीतिक दलको कदम हो त्यो । हामीले नदेखेको दल हुनुहुन्न । हामीले देखेकै दल हुनुहुन्छ । उहाँहरुले मोर्चा गर्नुभएको छ । हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं । जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य गर्ने हामी पनि आउँछौं त्यस्ता मोर्चामा । पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला । हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ । अरु दलप्रति हाम्रो शूभकामना नै छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...