मदन जयन्तीको अवसरमा सप्ताहव्यापी खेलकुद आयोजना गर्ने खेलकुद महासंघको निर्णय



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले मदन भन्डारीको जन्मजयन्तीको अवसरमा देशभर साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । महासंघको बैठकले मदन जयन्तीको अवसरमा देशैभरी साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । साप्ताहिक खेलकुद आयोजना अन्तर्गत सबै खाले खेल आयोजना गरिने बस्नेतले बताए । उनका अनुसार अहिले प्रचलनमा रहेको स्थानीयदेखि राष्ट्रिय स्तरको सबै खेल गर्ने तयारी छ । आयोजनामा भलिबल, फुटबल, व्याटमिन्टन, दौड, डोरी तानातान, वक्तित्वकला, बास्केटबल, कबड्डीलगायतका सबै खाले खेलकुद आयोजना गर्ने निर्णय भएको उनले बताए । यस अन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू वर्तनमा र पूर्वसदस्यहरूको बीचमा व्यटमिन्टन खेल प्रतिस्पर्धा समेत गराउने तयारी रहेको बस्नेतले बताए । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । उनीहरूको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन । यसको अलवा मदन जयन्तीको अवसरमा कोशी र बागमती प्रदेशमा बौद्धिक बहस र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने तयारी रहेको उहाँले बतानुभयो । यस कार्यक्रम अन्तर्गत खासगरी पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेता कार्यकर्ताको बिचमा बहस र प्रशिक्षण गर्ने तयारी रहेको छ । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ । असार १२ र १३ गते कोशी प्रदेश १४, १५ बागमती प्रदेशमा विभिन्न ८ वटा विषयमा मदनलाई स्मरण गर्ने र नेता कार्यकर्ताहरू प्रशिक्षण गर्ने बस्नेतले बताए ।

भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी छ । साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रमलगायत रचनात्मक कार्य गर्ने तयारी छ । यस अवसरमा मदनलाई स्मरण गर्ने र विभिन्न कार्यक्रममा नेता कार्यकर्तालाई जोड्ने महासंघका प्रवक्ता तिर्थ खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...