बैंकहरुमा थुप्रियो तीन खर्ब रुपैयाँ



हाम्रो इकोनोमि

 

 

लगानीयोग्य रकम (तरलता) को चरम अभाव झेलेका बैंकहरुमा अहिले भने पैसा फालाफाल भएको छ । अहिले वाणिज्य बैंकहरुमा मात्र ३ खर्ब तरलता थुप्रिएको छ । नेपालको बैंकिङ प्रणालीले लामो समय तरलता अभाव झेले पनि पछिल्ला दिनहरुमा तरलता फालाफाल भएको हो । चालू आर्थिक वर्षको सुरुबाटै लगानीयोग्य रकमको अभावले छटपटाएका बैंकहरु आर्थिक वर्षको अन्त्यमा आएर चाहिनेभन्दा बढी सहज अवस्थामा देखिएका छन् ।

नेपाल बैंकका सीईओ कृष्ण अधिकारीले वाणिज्य बैंकहरुमा ३ खर्ब तरलता रहेको बताए । पछिल्लो समय ठूलो कर्जाको माग भएन, रेमिट्यान्स बढिरह्यो र नेट आउटफ्लोभन्दा इनफ्लो भएकाले बैंकहरुमा पैसा थुप्रिएको अधिकारीको तर्क छ । बैंकहरुलाई कहिले कर्जा दिन नपाएर समस्या हुन्छ भने कहिले भएको पैसा लगानी नभएर तनाव हुन्छ ।

सोमबार मौद्रिक नीतिसम्बन्धी सुझाव दिन पुगेका लगानीकर्तासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि तरलता निरन्तर बढेको जानकारी गराएका थिए । उनले लगानीकर्तासँगको भेटमा भनेका थिए, ‘तरलता यसरी बढेको छ कि अन्तरबैंक ब्याजदर एकैदिन एक प्रतिशतसम्मले घटेको छ, यस्तो भएको मैले विरलै देखेको छु । अब त ब्याजदर करिडोरअनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयो ।’

राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपर्ने अवस्था देखिएको गर्भनर अधिकारीले लगानीकर्तासँगको भेटमा भनेका थिए । यता बैंकिङविज्ञ भुवन दाहालले विकास निर्माण सुरु हुन थालेपछि अहिले भएको रकम नै कम हुने बताउँछन् । बैंकहरु यसअघि भन्दा तुलनात्मक रुपले सहज अवस्थामा भए पनि विकास निर्माणको काम हुन थालेपछि उनीहरुलाई यही ३ खर्ब पनि कम हुने उनको तर्क छ ।

तरलता अभावमा जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न जान्छ र त्यसले मुनाफा प्रभावित हुन्छ । अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । बैंकमा कम व्याज पाउने भएपछि सुपरिवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...