बैंकहरुमा थुप्रियो तीन खर्ब रुपैयाँ



हाम्रो इकोनोमि

 

 

लगानीयोग्य रकम (तरलता) को चरम अभाव झेलेका बैंकहरुमा अहिले भने पैसा फालाफाल भएको छ । अहिले वाणिज्य बैंकहरुमा मात्र ३ खर्ब तरलता थुप्रिएको छ । नेपालको बैंकिङ प्रणालीले लामो समय तरलता अभाव झेले पनि पछिल्ला दिनहरुमा तरलता फालाफाल भएको हो । चालू आर्थिक वर्षको सुरुबाटै लगानीयोग्य रकमको अभावले छटपटाएका बैंकहरु आर्थिक वर्षको अन्त्यमा आएर चाहिनेभन्दा बढी सहज अवस्थामा देखिएका छन् ।

नेपाल बैंकका सीईओ कृष्ण अधिकारीले वाणिज्य बैंकहरुमा ३ खर्ब तरलता रहेको बताए । पछिल्लो समय ठूलो कर्जाको माग भएन, रेमिट्यान्स बढिरह्यो र नेट आउटफ्लोभन्दा इनफ्लो भएकाले बैंकहरुमा पैसा थुप्रिएको अधिकारीको तर्क छ । बैंकहरुलाई कहिले कर्जा दिन नपाएर समस्या हुन्छ भने कहिले भएको पैसा लगानी नभएर तनाव हुन्छ ।

सोमबार मौद्रिक नीतिसम्बन्धी सुझाव दिन पुगेका लगानीकर्तासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि तरलता निरन्तर बढेको जानकारी गराएका थिए । उनले लगानीकर्तासँगको भेटमा भनेका थिए, ‘तरलता यसरी बढेको छ कि अन्तरबैंक ब्याजदर एकैदिन एक प्रतिशतसम्मले घटेको छ, यस्तो भएको मैले विरलै देखेको छु । अब त ब्याजदर करिडोरअनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयो ।’

राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपर्ने अवस्था देखिएको गर्भनर अधिकारीले लगानीकर्तासँगको भेटमा भनेका थिए । यता बैंकिङविज्ञ भुवन दाहालले विकास निर्माण सुरु हुन थालेपछि अहिले भएको रकम नै कम हुने बताउँछन् । बैंकहरु यसअघि भन्दा तुलनात्मक रुपले सहज अवस्थामा भए पनि विकास निर्माणको काम हुन थालेपछि उनीहरुलाई यही ३ खर्ब पनि कम हुने उनको तर्क छ ।

तरलता अभावमा जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न जान्छ र त्यसले मुनाफा प्रभावित हुन्छ । अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । बैंकमा कम व्याज पाउने भएपछि सुपरिवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...