३ प्रतिशतभन्दा बढीले घट्यो अन्तरबैंक ब्याजदर



हाम्रो इकोनोमि

 

 

बैंकहरुमा रकम थुप्रिन थालेपछि एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको व्याजदर पनि साढे ३ प्रतिशतभन्दा बढीले घटेको छ । केही दिन अघिसम्म ७ प्रतिशतभन्दा माथि रहेको अन्तरबैंक व्याजदर अहिले ४.५१ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले बढेको छ । तर, कर्जा लगानी भने ठप्प देखिएको छ । सो अवधिमा कर्जा लगानी १० अर्बले नै घटेको छ । एक वर्षको अवधिमा भने ५ खर्बले निक्षेप बढेको देखिन्छ । तर, कर्जा लगानी भने १ खर्ब २९ अर्ब रुपैयाँ भएको देखिन्छ । बैंकिङविज्ञ दाहाल करिब ६ वर्ष यताकै कम कर्जा प्रवाह भएको बताउँछन् । जसका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको उनको तर्क छ ।

लगानीयोग्य रकम बढी भएकै कारण बैंहरुको सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ८३.८८ प्रतिशत छ । वाणिज्य बैंकहरुले ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्न पाउँछन् । यो भनेको बैंकसँग १०० रुपैयाँ छ भने उनीहरुले १० रुपैयाँ राखेर ९० रुपैयाँ पुरै लगानी गर्न पाउने अवस्था हो । बैंकहरूले तरलता समस्या बढिरहँदा राष्ट्र बैंकबाट उच्चदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिँदै आएका थिए । दिनहुँजसो एसएलएफ प्रयोग गर्ने बैंकहरुले २०८० साल लागेपछि जम्मा ८ पटकमात्र एसएलएफ सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । उनीहरुले पछिल्लो एसएलएफ सुविधा जेठ १७ गते लिएका थिए । त्यसयता लिएका छैनन् । यसले पनि बैंकहरुमा पैसा फालाफाल भएको पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...