२१ खर्ब ७३ अर्ब पुग्यो देशको ऋण



हाम्रो इकोनोमि

 

 

मुलुकको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रूपैयाँभन्दा धेरै पुगेको हो । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण (मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको छ । त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण (बहुपक्षीय तथा दुई पक्षीय दातृ निकायसँग लिइएको) छ ।

‘विगतमा आन्तरिकको तुलनामा वैदेशिक ऋणको मात्रा बढी हुन्थ्यो । यसपटक आन्तरिकको भार बढी छ । तर आर्थिक वर्षको अन्त्यसम्म यो कायम नरहन सक्छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराज शर्माले भने । उनका अनुसार चालु वर्षमा बढेको विदेशी विनिमय दर परिवर्तनको प्रभाव अहिले हिसाबमा गरिएको छैन । वर्षको अन्त्यमा यो हिसाब मिलान गर्दा विनिमय दरको कारण ऋणको भार बढ्छ । जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ । जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ । गत साउनदेखि जेठसम्ममा तीन खर्ब रूपैयाँभन्दा बढी ऋण थपिएको छ । जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ ।

ब्याज तिर्नमै सकियो करिब २२ प्रतिशत रकम

११ महिनामा उठाइएको तीन खर्ब ६ करोड सार्वजनिक ऋणमध्ये करिब २२ प्रतिशत रकम ब्याज भुक्तानीमा सकिएको छ ।प्राप्त ऋणको अनुपातमा ब्याज भुक्तानीमा यति धेरै रकम खर्चिनु परेको यो पहिलोपटक भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् । त्यस्तै एक खर्ब ४० अर्ब रूपैयाँ साँवा फिर्ता गरिएको छ ।

आर्थिक वर्ष २०३६/३७ बाट हरेक वर्ष सार्वजनिक ऋणमा आन्तरिकभन्दा बाह्य ऋणको भार बढी छ । पछिल्लो ४३ वर्षको प्रवृत्ति बदलिँदै चालु वर्षमा पहिलोपटक आन्तरिक ऋणको भार बढी देखिएको हो । चालु वर्षको फागुनदेखि आन्तरिक ऋणको भार बढी भएको हो । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार अहिले बाह्य ऋण दस खर्ब १० अर्ब रूपैयाँ छ। आन्तरिक ऋण दस खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ ।

पछिल्ला आर्थिक वर्षमा बाह्य ऋणको वृद्धिदर कम र आन्तरिक ऋणको तीव्र देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत आन्तरिक ऋण बढ्दा बाह्य ऋण १४ प्रतिशत बढ्यो। गत वर्ष २३ प्रतिशत आन्तरिक ऋण बढ्दा बाह्य ऋण १० प्रतिशत बढेको छ । यो वर्ष ११ महिनामा ४.६८ प्रतिशत बाह्य ऋण थपिएको छ। आन्तरिक ऋण भने ११.३४ प्रतिशत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...