विकास त्यस्तै हो, मोर्चा रेशम फिरिरी : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले विकास निर्माणमा ध्यान नदिएर मोर्चा बनाउन ध्यान दिएको भन्दै कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै बास्कोटाले विकास निर्माणमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले बजेटको न्यायिक वितरण हुनसमेत नसकेको बताए ।

विकास त्यस्तै हो मोर्च रेशम फिरिरि त्यही गर्ने ? कि बजेट बनाउने ? कुरा त्यही हो । काठमाडौंका प्रस्तावित चार शहर के भए ? बागमती सभ्यताको कुरा कहाँ पुग्यो ? खेलकुदको कुरा पनि लगानी राज्यले पनौतीमा पनि गरेको छ खेलकुदको निम्ती । तर नौ दश करोड पैसा फसेको छ । अहिले शून्य बजेट । के तमासा यो ? देउराली भाकेर दुई जना मन्त्री ज्यूहरूलाई नेतृत्वलाई म देउराली भाक्नु पर्‍यो मन्त्री गुहारेर सकिएन हजुर । चिकर्टोले रूहायो,’ उनले भने ।

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ?’

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...