अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य



 

 

शायान जाहङगरको शतक प्रेरित अमेरिकाले जारि आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका लगातार विकेट गुमाएपछि संकटमा परेको थियो । एउटा एन्डबाट विकेट जाँदा ओपनर सुशान्त मोदानीले अमेरिकाको इनिङलाई सम्हाल्ने प्रयास गरेका थिए । अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि क्रिजमा सातौं नम्बरमा क्रिजमा आएका जाहङगरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । संकटमा रहेको अमेरिकाको उद्दार गर्ने क्रममा उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भयो ।

अमेरिकाका सात ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा ओपनर सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडे । नेपालको बलिङमा करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी