समाजवादी मोर्चा कुनै दिन एमालेमै फर्किन्छ : लेखराज भट्ट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेसँग एकीकरण गर्न समाजवादी मोर्चा बनेको दाबी गरेका छन् । कर्णाली इन्चार्जसमेत रहेका भट्टले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा एमाले मूलधारको कम्युनिष्ट भएको जिकिर गरे ।‘समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा म विश्वस्त छु ।

कम्युनिष्टहरू एकीकृत हुन यो मोर्चा बनाइएको हो’, उनले भने । आफ्नो अस्तित्व कमजोर हुँदै गएकाले माओवादी, जसपा, नेकपा एस र विप्लवले समाजवादी मोर्चा बनाएको भट्टको टिप्पणी छ । फरक प्रसंगमा उनले बजेट वितरणमुखी भएको बताए । बजेट अर्थ नीतिलाई माथि उकास्ने खालको नभएको बताए,‘सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन् । सुधारका कार्यक्रम केही देखिएको छैन । वितरणमुखी र परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठीक छैन’, उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...