एमालेले तोक्यो विद्या भट्टराइलाई बुद्धिजीवी परिषद इन्चार्ज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्र्चाजको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ । भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ । यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषदको अध्यक्ष डा।दिनेशचन्द्र देवकोटा रहेका छन् । भट्टराईभन्दा अगाडी परिषद्को इन्चार्ज मनोजजंग थापा थिए । पार्टीले उनलाई अन्तै जिम्मेवारी तोकेको छ । परिषदले नयाँ इन्चार्जलाई स्वागत गरेको छ । परिषदले नयाँलाई स्वातग र पुरानालाई बिदाई कार्यक्रम गरेको अध्यक्ष देवकोटाले जानकारी दिए । उनले थापालाई विदाई गर्दै उनीसँगको काम गर्दाको रमाइलो क्षणहरूको स्मरण गरे । उनले थापाको आवश्यकता परिषदमै भएपनि पार्टीले अन्तै आवश्यकता महसुस गरेकाले अन्त जानुपरेको देवकोटाले बताए ।

थापा भूगोलको राजनीति गर्न सिन्धुली जान लागेको भन्दै देवकोटाले थप राजनीतिक सफलताको शुभकामना समेत दिए । देवकोटाले परिषदलाई दिएको योगदान जस्तै भूगोलमा पनि थापाले योगदान गर्ने आशा व्यक्त गरे । निवर्तमान इन्जार्च थापाले परिषदले सबै जिल्लामा संगठन बनाएर केन्द्रीय महाधिवेशन गर्न सफल हुनु सराहनीय काम भएको बताए । परिषदको ४ दिन लामो भएको अधिवेशनबाट विकासलाई मौलिकतामा लैजाने मोडल विकास गर्नुपर्ने परिषदको निष्कर्ष महत्वपूर्ण रहेको थापाले बताए ।

थापाले परिषदले आगामी दिनमा विचार र सिद्धान्तलाई बढी ध्यान दिएर अगाडी बढ्न पनि सुझाव दिए । कास्कीको सहइन्चार्जको जिम्मेवारी पुरा गरिसकेकी भट्टराईले आफूलाई पार्टीले परिषदको इन्चार्जको जिम्मेवारी दिएपनि परिषदको अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई अभिभावक ठानेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पार्टीले फरक क्षेत्र र भूगोलका ज्ञान प्राप्त गर्दा मात्र नेता परिपक्क हुने नीति अन्र्तगत सबै नेताहरूको जिम्मेवारी हेरफेर गरिएको भट्टराईले बताइन् । थापा इन्जार्च भएर आएको १७ महिना ९ दिन भएको स्मरण गर्दै परिषदको महासचिव गजेन्द्र थपलियाले उक्त समयमा प्रतिकुल अवस्था रहेको बताए । थापाले परिषदको प्रतिकुल अवस्थालाई अनुकुल अवस्थामा ल्याएको थपलियाले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...