ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : चिरिबाबु महर्जन



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले आजबाट कुनै पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो कडा कदम चालेका हुन् । तर, बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य स्थानमा भने निर्वाध रुपमा भारतीय फिल्म चलिरहेका छन् । काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरमा पनि भारतीय फिल्ममाथि रोक लगाइएको छैन । ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् । महर्जनले काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताए । आदिपुरुषले त्रुटि गर्‍यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ ।

महर्जन भन्छन्, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’ ‘आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने उनले बताए । त्यो मुभी चाहिँ बन्द होस । तर, अरू मुभी किन बन्द गर्नु ? उनले भने ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...